+
+
Shares

तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपामाथि हुने टिप्पणीमाथि आक्रोश व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरूमाथि लगाइएको आरोपप्रति कडा आपत्ति जनाएका छन् ।
  • उनले देशको लोकतान्त्रिक आन्दोलनमा दलहरूको योगदानलाई अवमूल्यन गरी गलत भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाए।

७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपामाथि हुने टिप्पणीमाथि आक्रोश व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई-तीन पार्टीले खाए भनेर भनिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले पार्टीले खाएको नभई योगदान दिएको बताए ।

‘तीन पार्टीले खाए रे ! खाए भन्ने कुरा हो र बलिदान दिए । ००७ सालमा को थियो ? 0३२ मा को थियो? ४६ मा को थियो ? ०६२/६३ मा को थियो ? जेल बस्ने बेलामा को थियो ?,’ ओलीले भने, ‘दुईटाले खाए भनेर गलत भाष्य स्थापना गर्न खोजेका छन् । खुब फोटोको छापेको देख्छु तीनटाले खाए भनेर।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?