News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासनबिना खेलकुद सम्भव नहुने र खेल भावनालाई फराकिलो बनाउँदै खेलाडीहरू अनुशासनमा बाँधिनुपर्ने बताएका छन्।
- उनले भने, 'खेलाडीहरू अनुशासित हुन्छन् । विनाअनुशासन खेल हुनै सक्दैन । अनुशासनको पालना नभए खेल खत्तम भइहाल्छ, बिग्रिहाल्छ ।'
- अध्यक्ष ओलीले शारीरिक अवस्था र उमेरअनुसारको खेल मानव जीवनका लागि निकै महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
१६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासनबिना खेलकुद सम्भव नहुने बताएका छन् । नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले खेल भावनालाई फराकिलो बनाउँदै अनुशासनमा बाँधिन आग्रह गरेका हुन् ।
‘खेलाडीहरू अनुशासित हुन्छन् । विनाअनुशासन खेल हुनै सक्दैन । अनुशासनको पालना नभए खेल खत्तम भइहाल्छ, बिग्रिहाल्छ,’ उनले भने, ‘यसै त यो प्रकृति नै अनुशासनमय छ, धर्ती, गृहहरू अनुशासन छन् । सूर्य आफैँ अनुशासित छ। सिंगै ब्रमाण्ड अनुशासितछ ।’
उनले पृथ्वीबारे थप भने, ‘पृथ्वी अनुशासित छ । भरे बेलुका कतिबेला घाम अस्ताउनुपर्छ थाहा छ । कति कक्षमा, कति अक्षमा घुम्नुपर्छ उसले जानेको छ ।’
उनले शारीरिक अवस्था र उमेरअनुसारको खेल मानव जीवनका लागि महत्वपूर्ण भएको बताए ।
प्रतिक्रिया 4