Comments Add Comment

विकास र सार्वजनिक सेवा प्रवाहको सरकारले अनुगमन गर्ने


२८ माघ, काठमाडौं । सरकारले विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, राजश्व परिचालनको अवस्थालाई स्थानीय तहससम्मै अनुगमन तथा निरीक्षण गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सचिव टंकमणि शर्माको नेतृत्वमा अनुगमन तथा निरीक्षण समिति बनाएको छ ।

समितिले स्थानीय स्तरसम्म पुगेर सार्वजनिक सेवा प्रवाह र त्यसका लागि क्रियाशील निकायको काम कारवाहीबारे अध्ययन गर्न जिम्मा दिइएको छ ।

समितिमा विभिन्न निकायका सचिव तथा सह-सचिवलाई पनि समावेश गरिएको छ । समितिले पहिलो चरणमा काठमाडौं र मोरङका विभिन्न विकास आयोजना र सरकारी कार्यालयहरुको काम-कारबाहीबारे अनुगमन गरेर रिपोर्ट पेश गर्नेछ ।

समितिले तत्कालै भद्रपुर, वीरगञ्ज, नेपालगञ्ज, धनगढी र पोखरामा पनि निरीक्षण तथा अनुगमन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment