Comments Add Comment

भ्यालेन्टाइन गीतमा हिउँमाथि रामकृष्ण पत्नीको प्रेम आभाष(भिडियो)


गायक रामकृष्ण ढकालको आवाजमा समावेश ‘यस्तो को हौ तिमी’ बोलको गीतको भिडियो प्रेम दिवसको दिन सार्वजनिक हुँदैछ । तर, यो गीतको भिडियोको प्रोमो भने सार्वजनिक गरिएको छ । करिब २७ सेकेन्ड लामो प्रोमो हेर्दा नै भिडियो मेकिङ उच्च लाग्छ ।

कालिञ्चोकको हिउँमा खिचिएको भिडियोमा रामकृष्ण पत्नी निलम ढकाल र नायक तथा मोडल मन्चिन शाक्यले मोडलिङ गरेका छन् । निकेश खड्काले भिडियोलाई उत्कृष्ट बनाएको प्रोमो हेर्दा अड्कल काट्न सकिन्छ ।

यो गीतमा मनिष बसिस्टको शब्द, दवान गुरुङको शब्द छ । भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment