Comments Add Comment

‘चलचित्र प्रवर्द्धन समन्वय समिती’ गठन


नेपाली चलचित्रमा देखिएका विभिन्न समस्या समाधानका लागि नेपाली चलचित्रका लागि काम गरिरहेका विभिन्न पेशागत संगठनहरु एक भएका छन् । निर्माता संघका अध्यक्ष आकाश अधिकारीको पहलमा चलचित्र क्षेत्रमा काम गरिरहेका पेशागत संगठनका अध्यक्षहरुले शनिबार बैठक राखेर नेपाली चलचित्रका विभिन्न मुद्दामा एक भएर अगाडि बढ्ने निर्णय गरेका हुन् ।

वैठकले निर्माता संघका अध्यक्ष आकाश अधिकारीको संयोजनमा विभिन्न संस्थाका संगठन प्रमुखहरु सदस्य रहनेगरि ७ सदस्यीय समिती समेत गठन गरेको छ । ‘चलचित्र प्रवर्द्धन समन्वय समिती’ नाम दिइएको यो कार्यदलको सदस्यहरुमा रामकेशर बोगटी, सुचित्रा श्रेष्ठ, राजेन्द्र रायमाझी, पुष्कर लामा, सुर्य थोकर, सम्राट सापकोटा छन् ।

संघ गठन भएको भोलीपल्टै आइतबार समन्वय समितीले संचारमन्त्री राम कार्कीलाई भेटेर नेपाली चलचित्र क्षेत्रको विभिन्न समस्यामा छलफल गरेको छ । संचारमन्त्रीसँगको भेटमा निर्माणको क्रममा रहेको औद्योगिक विधेयकमा रहेका केहि बुँदाले नेपाली चलचित्र क्षेत्रलाई सहि तरिकाले पहिचान नगरेको भन्दै यो क्षेत्रलार्य उद्योग मन्त्रालय अन्र्तगत बन्न लागेको विधेयकमा नेपाली चलचित्रको सहि पहिचान हुने प्रावधान राख्न आग्रह गरेको छ । समन्वय समितीले नेपाली चलचित्र क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग अन्र्तगत राख्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment