Comments Add Comment

स्ट्याण्डर्ड चार्टर्डको एफपीओ १२ सय ९० रुपैयाँमा

२ फागुन, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १२ सय ९० रुपैयाँका दरले नयाँ सेयर एफपिओ निस्कासन गर्ने अनुमति पाएको छ। एक सय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी बैंकले गरेको प्रस्तावलाई नै नेपाल धितोपत्र वोर्डले अनुमति दिएको हो।

बैंकले प्रमियम मूल्यमा २५ लाख ५८ हजार १४० कित्ता सेयर जारी गर्ने भएको हो । एफपिओबाट बैंकको पूँजीमा साढे २५ करोड रुपैयाँ थपिने छ। प्रिमियम वापत उठ्ने बाँकी तीन अर्ब चार करोड रुपैयाँ जगेडा कोषमा जाने छ। यो रकम बोनस बाड्न प्रयोग हुने छ । हाल बैंकको चुक्ता पुँजी दुई अर्ब ८१ करोड रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment