२ फागुन, काठमाडौं । नयाँ प्रहरी प्रमुखबारे अन्यौल कायमै रहेका बेला निवर्तमान महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी हेडक्वाटर छाडेका छन् ।
३० वर्षे सेवा अवधिका कारण उनले सोमबारबाट अनिवार्य अवकास पाएका हुन् । उनको विदाइका लागि दिउँसो साढे ३ बजे नै कार्यक्रम राखिएको थियो ।
तर, सरकारले कामु तोक्न ढिलाई गर्दा साझँ साढे ६ बजे मात्र कार्यक्रम सुरु भयो ।
प्रहरी हेडक्वाटरमा विदाई कार्यक्रम चलिहँदा बालुवाटारमा भने आकस्मिक मन्त्रिपरिषद् बैठकको तयारी चलिरहेको थियो । अर्यालले भने एआईजी पोखरेललाई नै बुझबुझारथ गरेर प्रहरी हेडक्वाटर छाडेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4