+
+
Shares

पोखरेललाई बुझबुझारथ गरेर अर्यालले छाडे प्रहरी हेडक्वाटर

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २ गते १३:३६

२ फागुन, काठमाडौं । नयाँ प्रहरी प्रमुखबारे अन्यौल कायमै रहेका बेला निवर्तमान महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी हेडक्वाटर छाडेका छन् ।

३० वर्षे सेवा अवधिका कारण उनले सोमबारबाट अनिवार्य अवकास पाएका हुन् । उनको विदाइका लागि दिउँसो साढे ३ बजे नै कार्यक्रम राखिएको थियो ।

तर, सरकारले कामु तोक्न ढिलाई गर्दा साझँ साढे ६ बजे मात्र कार्यक्रम सुरु भयो ।

प्रहरी हेडक्वाटरमा विदाई कार्यक्रम चलिहँदा बालुवाटारमा भने आकस्मिक मन्त्रिपरिषद् बैठकको तयारी चलिरहेको थियो । अर्यालले भने एआईजी पोखरेललाई नै बुझबुझारथ गरेर प्रहरी हेडक्वाटर छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?