+
+
Shares

ललितपुरको भनिमण्डलमा एक्सीएमजीको शोरुम

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३ गते १२:१३


३ फागुन, काठमाडौं । आईडिएमसी प्रालिले एक्सीएमजी नामक हेभि इक्युपमेन्टकोे एक्स्क्लुसिभ शोरुम ललितपुरको भनिमण्डलमा सञ्चालनमा ल्याएको छ ।

शोरुमको उद्घाटन आइतबार एक कार्यक्रमकाबीच आइडिएमसी प्रालिका अध्यक्ष प्रविण ढुङ्गाना र जुझाउ कन्सट्रक्सन मेसिनरी ग्रुप (एक्सीएमजी)चीनका सह अध्यक्ष एवम् महाप्रबन्धक डा. ज्याङसेन लिउले संयुक्त रुपमा गरे ।

एक्सीएमजीको नेपालको लागि आधिकारिक विक्रेता आईडिएमसी प्रालि हो । यो विश्वको हेवी ईक्वीपमेन्ट बजारमा अत्याधिक माग रहेको ५ ब्राण्डहरु मध्ये एक्सीएमजी ब्राण्ड पनि प्रमुख एक हो भने चिनमा सबैभन्दा धेरै बिक्री हुने नं. १ हेवी ईक्वीपमेन्ट ब्राण्ड हो ।

बिक्री पछिको सेवा संभारका लागि कम्पनिले भक्तपुरको सानोठिमी स्थीत आफ्नै मर्मत संभारकेन्द्रको स्थापना समेत गरिसकेको छ । उक्त सेवा केन्द्रबाट कम्पनीले चाईनीज बिषेशज्ञ इन्जिनियर समेत उपलब्ध गराई सेवा प्रदान गर्दै आएको आईडीएमसी प्रा.लि.का प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीले जानकारी दिए ।

शोरुमको स्थापनासँगै एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन समेत आईडिएमसीले नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

मुलुकको हेवी ईक्वीपमेन्ट बजारमा आईडिएमसीले छोटो समयमा नै अग्रणी स्थान ओगट्न सफल कम्पनीको रुपमा आफुलाई स्थापीत गरिसकेकोे छ ।

एक्सीएमजीले २००० टन क्षमताको अल टेरिन क्रेन ५००० टन सम्म क्षमताका क्राउलर क्रेन, चीनमा सबैभन्दा बढी क्षमताको १२ टनको लोडर मेसिन, १०० मीटर माथि आकाशमा पनि आगो निभाउन सक्ने मेसिन र चौथो पुस्ताको सडक निर्माण मेसिन औजार सम्म बनाउन सफल भएको छ ।

यसले विश्व मेसिन औजारको बजारमा ठूलो स्थान ओगटेको छ । यसले विकास गरेका २१५६ रजिष्टर्ड पेटेन्ट, १६४ पेटेन्टेड आविष्कारको साथै १०० भन्दाबढी आफ्नै प्रविधिले विकास गरेका उत्पादनहरु छन् ।

उच्च प्रविधिको विकासले गर्दा नै एक्सीएमजीले विश्व वजारमा दिनानुदिन आफ्नो वजार हिस्सा बढाउँदै लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?