Comments Add Comment

मोरङमा १७ प्रतिशत मात्रै विकास खर्च, सहरी विकासले पाँच प्रतिशत पनि खर्च गर्न सकेन

४ फाल्गुन, विराटनगर । समयमै बजेट निकास भए पनि मोरङमा चालू आर्थिक वर्षको सात महिनामा १७ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।

कतिपय कार्यालयले सो अवधिमा पुँजीगत खर्च ४ प्रतिशत मात्र गरेका देखिन्छ । पुँजीगत खर्चअन्तर्गत भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी कार्यमा ३ अर्व ८४ करोड १७ लाख रुपैयाँ निकासा भएकोमा ६४ करोड ४९ लाख रुपैयाँ मात्रै खर्च भएको जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङले जनाएको छ ।

कार्यालय प्रमुख किशोरकुमार बरालका अनुसार सहरी विकास तथा भवन निर्माण डिभिजन कार्याल, सुनसरी-मोरङ सिँचाई आयोजना, जिल्ला डिभिजन सडक कार्यालय, जिल्ला विकास समितिको कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलगायत बिभिन्न सरकारी कार्यालयले पूर्वाधार तथा विकास निर्माणका लागि निकास भएको रकमको ज्यादै न्यून भएको छ ।

पुँजीगत खर्चको अवस्था

चालू आर्थिक वर्षमा पुँजीगत खर्चवृद्धि गर्न अर्थ मन्त्रालयले साउन १ गते नै सबै मन्त्रालयलाई अख्तियारी दिएको थियो । सरकारी तथा नीतिनिर्माणतहमा योजना छनौट, कार्यक्रम स्वीकृतलगायत अख्तियारी तथा रकम निकासामा समस्या र कार्यालयले आˆनो पूर्णक्षमता प्रदर्शन गर्ननसक्दा अपेक्षाकृत पुँजीगत खर्च हुन नसकेको हो ।

जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङका अनुसार जिल्लामा रहेका १ सय १ कार्यालयहरुमध्ये सवैभन्दा कम पँजीगत खर्च गर्ने कार्यालय शहरी विकास तथा भवन निर्माण डिभिजन रहेको छ । सो कार्यालयमा १ अर्व ४० करोड रुपैयाँ निकासा भएको छ ।

जिल्लाका अन्य कार्यालयमध्ये सवै भन्दा वढी विकास एव पूर्वधार निर्माणमा वजेट आउनेमा यो कार्यालय पर्दछ । हालसम्म सो कार्यालयले ६ करोड ४७ लाख रुपैयाँ मात्र खर्च गरेको देखिएको छ ।

विकास एवम् पूर्वधार निर्माणका लागि आएको रकममध्ये सात महिनाको अवधिमा यो कार्यालयले ४ प्रतिशत मात्र पँुजीगत खर्च गरेको हो । त्यसैगरी सुनसरी-मोरङ सिँचाई आयोजनाले ७० करोड ९२ लाख रुपैया मध्ये २८ करोड ६० लाख खर्च गरेको छ । सो कार्यालयले पूरा रकममध्ये ४० प्रतिशत खर्च गरेको देखिन्छ ।

डिभिजन सडक कार्यालयको कुल ६२ करोड ९० लाखमध्ये १८ प्रतिशत रकम खर्च गरेको अवस्था छ । सो कार्यालयले हालसम्म ११ करोड ११ लाख मात्र खर्च गर्न सकेको छ । जिल्ला विकास कार्यालय मोरङले कुल वजेटको ८ प्रतिशत रकम खर्च गरेको देखिन्छ ।

जिविसले २२ करोड २१ ल्ााख रुपैयाँमध्ये १ करोड ७९ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मोरङले २१ करोड १९ लाख मध्ये ४ करोड २८ लाख अर्थत कल रकमको २० प्रतिशत मात्र खर्च गरेको अवस्था छ ।

राजस्वमा वृद्धी

यो वर्ष राजस्व संकलन भने विगतको वर्षभन्दा उच्च देखिएको छ । ग्ाएको एक आर्थिक वर्षमा संकलन भएको राजस्व चालू आर्थिक वर्षको ६ महिनामा नै दोव्वर संकलन भएको छ ।

चालू आर्थिक वर्षको अर्धवाषिर्कमा १४ अर्व ४५ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा कुल ७ अर्व १५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यता गएको आर्थिक वर्षमा कार्यालयहरुको कुल १ अर्व ४९ करोड ४० लाख रुपैयाँ बेरुजु देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment