Comments Add Comment

पाँच बर्षपछि नयाँ गीत लिएर आए जगदीश समाल

वाशिंगटन डीसी । नेपाली आधुनिक तथा गजल गायनमा निपुर्ण मानिने गायक जगदीश समाल करिअरको उत्कर्षमा रहँदा नै अमेरिका पलायन भए ।

तिनै गायक समालले पाँच बर्षको अन्तरालपछि नयाँ गीतसँगै गीतसंगीत क्षेत्रमा पुनरागमन गरेका छन् । उनले नयाँ पप गीत ‘देउन’ अमेरिकाबाट भ्यालेन्टाइन डे को अवसर पारेर सार्वजनिक गरिएको छ ।

गीतमा शब्द तथा संगीत दावा शेर्पाको रहेको छ । शेर्पाले पनि झन्डै १ दशक पछि नयाँ गीतमा संगीत दिएका हुन् । उनको यसअघि ‘छम छम’, ‘आँशु झार्दिन म’ लगायत धेरै गीत हिट भइसकेको छ ।

गीतको म्युजिक भिडियो पनि बनिसकेको छ । अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोको क्यामरा तथा निर्देशनको काम प्रशन्न पौडेलले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा मोडल प्रतिमानले अभिनय गरेका छन् । उनी यसैका लागि अमेरिका आएका हुन् । म्युजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment