+
+

मार्तडीबाट काठमाडौंका लागि डिलक्स बस सेवा

दीपक उपाध्याय दीपक उपाध्याय
२०७३ फागुन ५ गते १९:१६


५ फागुन, कैलाली (बाजुरा) । सुदूरपश्चिम यातायात व्यवसायी संघले बिहीबारबाट बाजुरा-काठमाडौं डिलक्स बससेवा सुरु गरेको छ ।

बाजुरा उद्योग बाणिज्य संघका अध्यक्ष देबबहादुर रोकाया र सुदूरपश्चिम यातायात व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष पदमराज सापकोटाले हरियो झण्डा देखाएर संयुक्त रुपमा बससेवाको शुभारम्भ गरेका छन् ।

बस सेवाको सुभारम्भ गर्दै बाणिज्य संघका अध्यक्ष रोकायाले सुदूरपश्चिम यातायात व्यवसायी संघले दुर्गम र विकट स्थानहरुबाट स्तरीय सेवा दिँदै आएकोमा धन्यवाद व्यक्त गर्दै सेवाको निरन्तराको लागि यातायात संघको ध्यानाकर्षण गराएका थिए ।

बाजुराको मार्तडीबाट दैनिक बिहान ६ बजे र काठमाण्डौ नयाँ बसपार्कबाट विहान ११ बजे खप्तड डिलक्स बस छुट्ने संघका बरिष्ठ उपाध्यक्ष सापकोटाले जानकारी दिए ।

प्रति यात्रु २ हजार ८ सय १० रुपैयाँ भाडादर तोकिएको डिलक्स सेवाले यात्रुहरुलाई काठमाडौं सम्मको दूरी अब आरामदायी हुने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?