इलामे गायक सन्तोष भक्त राजलवटको एकल गीति संग्रह हालै सार्वजनिक भएको छ । गीति संग्रहको नाम जुराइएको छ, सन्तोष । यसमा ६ वटा गीत समाबेश छन् ।
गीतमा इलामे सौन्दर्यदेखि प्रेम वियोगसम्मका कथा छन् । इलामे स्रष्टा चुनिराम तिखत्रीको जीवनगाथा पनि संग्रहमा समेटिएको छ । तिखत्री राम्रो बाँसुरीबादक हुन् ।
सन्तोष भक्त राजलवटले लेखेको गीतमा मनोजराज सिवाकोटी, बलराम समाल, मिलन अमात्य, रजिना रिमाल, रमेश श्रेष्ठले स्वर दिएका छन् । एल्बमलाई विन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको हो ।
इलाममै बसेर गीत, गजल लेख्दै आएका राजलवटको तेस्रो गीति संग्रह हो । यसअघि उनले ‘दुखाई’ र ‘हेल्लो ड्राइभर दाई’ नामक गीति संग्रह बजारमा ल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4