अन्ततः निर्देशक सुरज भुसाल बेहुला बनेका छन् । होस्टल रिर्टन्स, मौन, गाँठो जस्ता चलचित्रका निर्देशकले शर्मिला मिश्रलाई जीवनसंगीको रुपमा भित्र्याएका हुन् । उनीहरुको मागी बिवाह भएको हो ।
हिन्दु परम्परा अनुसार गएको माघ २८ गते उनीहरुबीच लगनगाँठो कसिएको हो । गृहथलो बुटवलको पुख्र्यौली घरमा भएको बिवाह समारोहमा भुसालका आफन्त, इष्टमित्र सहभागी थिए ।
यद्यपी कलाकर्मीलाई उनले यसको सुइको दिएनन् । बुटवलमा सबैलाई निम्त्याउन गाह्रो हुने भएकाले कलाकर्मीलाई नबोलाएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4