Comments Add Comment

कोही चेार त कोही भिख माग्ने, यस्तो बेहाल भयो यी बलिउडकर्मीको

इमरन हाशमीसँग काम गरिसकेकी अभिनेत्री अलीशा खानलाई केही महिनाअघि दिल्लीको ग्रेटर कैलाशको सडकमा यताउता गरिरहेको भेटिइन । ‘नेम र फेम’ कमाइसकेपछि पनि सडकमा ओर्लने उनी एक्ली अभिनेत्री होइनन् । यस्ता केही बलिउडकर्मी छन्, जो आफ्नो समयमा चर्चित थिए । उनीहरुसँग सबैथोक थियो ।

तर समयले यसरी कोल्टे फेर्‍यो कि, कोही फुटपाथमा पुगे, कोही पाखलखान । त्यतीमात्र कहाँ हो र, कति त यस्तो बिजोग अवस्थामा भेटिए जसलाई सामन्य मानिसले पहिचान समेत गर्न सकेनन् ।

जगदीश माली

अन्तरा मालीका पिता तथा चर्चित फोटोग्राफर जगदीश माली मुम्बईको सडकमा भिख मागिरहेको अवस्थामा भेटिए । त्यहीबेला मिंक बरार नामकी मोडलले उनलाई चिनिन् । खाना दिइन् र सलमान खानको कारमा चढाएर घरमा पुर्‍याइदिए । जगदीश मानसिक रुपमा विचलित जस्ता देखिन्थे । उनले पुरानो फाटेको लुगा लगाएका थिए । १३ मे २०१३ मा उनको मृत्यु भयो ।

गीतान्जलि नागपाल

नामी मोडल थिइन्, गीतान्जली । उनले केही डिजाइनरका लागि र्‍याम्पमा उत्रिएकी थिइन् । तर, तिनै मोडल २००७ मा भिख मागिरहेको अवस्थामा फेला परिन् । उनलाई साउथ दिल्लीको एक बजारमा भिख माग्दै गरेको अवस्थामा भेटिएको थियो । उनी त्यसबेला लागुऔषधको नसामा फसिसकेकी थिइन् । त्यसैका लागि आवश्यक खर्च जुटाउन उनी सडकमा नाङगो हात थापेर भिख माग्ने गर्थिन् । सुस्मिता सेन जस्ता हस्तीसँग क्याट वाक गरिसकेकी उनी अर्काको घरमा नोकर समेत बसेकी थिइन् ।

मिताली शर्मा

मिताली शर्मा भोजपुरी फिल्मकी नायिका हुन् । यिनै नायिकालाई मुम्बई प्रहरीले चोरी गरिरहेको अवस्थामा पक्राउ गरे । उनी घरबार त्यागेर करियर बनाउनका लागि मुम्बई गएकी थिइन् । केहि फिल्ममा काम पनि गरिन् । यद्यपी पछिल्लो धेरै समय उनी कामविहिन भइन् । त्यही कारण उनी डिप्रेसनको सिकार समेत भइन् । पछि उनलाई चोरी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्‍यो, त्यसबेला उनी केहि दिनअघि देखि भोकै थिइन् ।

परवीन बाबी

‘दिवार’, ‘नामक हलाल’, ‘अमर अकबर एन्थोनी’ र ‘शान’ जस्ता सुपरहिट फिल्ममा माक गरेकी परवीन बाबीलाई उनको अपार्टमेन्टमा मृत्त अवस्थामा भेटिएको थियो । २२ जनवरी २००५ मा मृत्त भेटिएकी उनी मुम्बईमा नितान्त एक्लो जीवन बिताइरहेकी थिइन् । उनी डिप्रेसनले ग्रस्त थिइन् । कसैसँग भेटघाट गर्दैनथे । अचानक गायब भएकी उनी एकैचोटी मृत्त अवस्थामा फेला परेको थियो ।

भारत भूषण

१९४० का सबैभन्दा ठूला स्टारमा एक थिए, भारत भूषण । तर, उनले जीवनको उत्तरार्द्धमा एकदमै दुखलाग्दो दिनहरु गुजारे । खासगरी धार्मिक फिल्मबाट चम्किएका उनीको मीना कुमारीसँग अफेयरमा रहेपछि ओह्रालो यात्रा सुरु भयो । अन्ततः उनलाई फिल्मको अफर आउनै छाड्यो । उनीसँग जीवन गुजाराका लागि पैसा नै भएन । आखिरमा उनले एक फिल्म स्टुडियोमा वाच म्यानको रुपमा काम गरे । उनको मृत्यु १९९२ मा एक भाडाको कोठामा भयो ।

ए के हंगल

बलिउड फिल्ममा चरित्र अभिनेताको रुपमा ख्याती कमाएका ए के हंगलले ९२ बर्षको उमेरमा सबैलाई अलबिदा गरे । निकै चर्चित फिल्महरुमा काम गरिसकेका उनले जीवनका आखिरी दिनहरु कष्टपूर्वक गुजारे । उनीसँग उपचार गर्नेसम्म पैसा थिएन । यस्तो खबर आएपछि अमिताभ बच्चनले सहयोगका लागि २० लाख रुपैयाँ दिने बताएका थिए ।

अचला सचदेव

कुनै बेला अचला सचदेवलाई देखेर बलराज साहनीले फिल्म ‘वक्त’का लागि एउटा गीत गाएका थिए । तर तिनको जीवन निकै दुखदायी रह्यो । जीवनका अन्तिम क्षणमा उनी एकदमै वेसाहारा थिइन् । समकक्षी बलिउडकर्मीले मात्र होइन, अमेरिकामा भएका छोरा मुम्बईमा बस्ने छोरीले समेत उनको खोज खबर गरेनन् । अन्तिम समयमा उनलाई ‘जनसेवा फाउन्डेसन’ले आफ्नो गेस्ट हाउसमा लगरे स्यहार सुसार गर्‍यो । जबकी कुनैबेला चलाले तिनै फाउन्डेनलाई लाखौं रुपैयाँ डोनेसन दिएकी थिइन् ।

भगवान दादा

भगवान दादा अभिनेता र फिल्म निर्देशक थिए । उनी आफ्नो कमेडी फिल्म ‘अलबेला’का लागि बढी चिनिन्छन् । हिन्दी फिल्ममा नृत्यको एक बिशेष शैली सुरु गर्ने उनीबाट अमिताभ बच्चन समेत प्रभावित थिए । यद्यपी पछि उनी आर्थिक रुपले टाट पल्टिदै गए । गुजाराका लागि फिल्ममा सानोतिनो रोल समेत गर्न राजी भए । उनका निकट मित्रहरु पनि टाढिए । २००२ फेब्रुअरी ३ मा उनको दुखद मृत्यु भयो ।

राज किरण

राज किरण राम्रा अभिनेता थिए । ‘अर्थ’ फिल्ममा काम गरिसकेका उनी अमेरिकाको एटलान्टास्थित एक पागलखानामा भेटिए । दुखको क्षणमा उनलाई परिवारले त्यागे । साथीभाईले ‘मृत्यु भएको’ अफवाह फैलाए । सुभाष घईको फिल्म ‘कर्ज’मा एकसाथ काम गरेका ऋषि कपुरले यो कुरालाई पत्याएनन् र राजलाई खोज्न अमेरिका पुगे ।

सतीश कौल

पन्जाबी सिनेमामा ‘अमिताभ बच्चन’को नामले पुकारिने सतीश कलले जीवनका आखिरी दिनहरु कष्टसाथ बिताए । उनी डिप्रेसनका रोगी थिए । कसैले उनलाई अस्पतालमा भर्ती गरिदिएका थिए । त्यसबेला पनि उनलाई भेट्न न परिवार पुगे, न उनका साथीभाई । – एजेन्सी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment