पतिका लागि खाना तयार गरिदिनु, लुगा मिलाइदिनु, छोराछोरीलाई ख्वाउनु, स्कुल पठाउनु, सासु ससुराको हेरचाह गरिदिनु । एउटा गृहणीका लागि निकै झन्झटिलो र बोझिलो हुन्छ, परिवार ।
यस्तो पनि हुन्छ, पति पत्नी दुबै कार्यलय जान्छन् । उत्तिनै कमाउँछन् । तर, घरधन्दाको काम पत्नीले मात्र गर्नुपर्ने हुन्छ ।
अहिलेको बद्लिदो जीवनशैलीमा यस किसिमको प्रवृतिले दाम्पत्य जीवनलाई धराममा पार्न सक्छ । पति पत्नीले घरासयी काममा समेत साझेदार गर्नु उचित हुन्छ । यसका लागि पत्नीले यस्तो भूमिका निर्वाह गर्न सक्छिन्, जसले पतिलाई घरायसी काममा प्रेरित गर्न सकोस् ।
पति मात्र होइन, छोराछोरीलाई पनि घरको सानोतिनो काममा सहयोग गर्ने बानी बसाउनु पर्छ । यसले पारिवारिक जीवन सहज र सुखमय हुन्छ । कसरी बनाउने त पतिलाई आफ्नो सहयोगी ?
प्रेमपूर्वक सिकाउने हरेक काम
– पतिलाई घरासयी काममा जबरजस्ती बाध्य बनाउने होइन, प्रेमपूवर्क उत्प्रेरित गर्ने हो ।
– घरधन्दाको काम गराउनका लागि प्रेमपूर्वक अनुरोध गर्न सकिन्छ । आफ्नो काम कति बोझिलो छ भन्ने कुरा पतिलाई महसुष गराउनुपर्छ ।
आलोचनाबाट बचौं
– यदि पतिले घरासयी काम सहि ढंगले गर्न सकेनन वा जानेनन् भने त्यसको आलोचना गरिहाल्नु हुँदैन ।
– कुनैपनि काममा गल्ती गरे त्यसलाई सहि ढंगले कसरी गर्ने भन्ने कुरा सिकाउनुहोस् ।
– पतिले गर्ने सहयोगप्रति कृतज्ञ रहनुहोस् । उनको कामको तारिफ गर्नुहोस् ।
बिकल्प दिनुहोस्
– पतिलाई तपाईले जुन कामको जिम्मेवारी दिनुहुन्छ, त्यही काम गर्नुपर्छ भन्ने छैन । किनभने कतिपय काममा उनी अभ्यस्त भैसकेका हुँदैनन् । त्यसैले आफुले दिएको काम गर्न नसके अर्को कामको विकल्प दिनुहोस् ।
जिम्मेवारी दिनुहोस्
– तपाईले नियमित रुपले गर्दै आउनुभएका कतिपय कामको जिम्मेवारी पतिलाई दिन सक्नुहुनेछ । जस्तो बच्चालाई विद्यालयको युनिर्फम लगाइदिने, होमवर्कमा सघाउने आदि ।
– पतीको रुचीको काम पनि गर्न दिनुहोस् । कतिपय काममा तपाईले पतिलाई सहयोग गरेर पनि मन जित्न सकिनेछ ।
कहिले कहिं असहयोग पनि गरौं
– घरको सबै काम आफैले मात्र भ्याउनुपर्छ भन्ने छैन । कहिले कहिं तपाईले कतिपय काम त्यतीकै थाती राख्नुहोस् ।
– पतिलाई घरायसी कामकाज गर्न कति गाह्रो छ भन्ने अनुभूत गराउनु पर्छ ।
– कतिपय काम पतिको जिम्ममा छाडिदिनुहोस्, ताकि उसले तपाईको वाध्यता र समस्यालाई महसुष गर्न सकोस् ।
धैर्य गरौं
– कुनै कुरा रातारात बद्लिदैन । तपाईले सोचेजस्तै परिवारमा एकाएक परिवर्तन हुन्छ भन्ने छैन । यसका लागि केहि समय लाग्नसक्छ, धैर्य गर्नुहोस् ।
– विज्ञहरुको अनुसार बिवाह लगत्तै पतिलाई घरायसी काममा अभ्यस्त गराउनु बढी प्रभावकारी हुन्छ ।
– हार नमान्नुहोस्, प्रयास जारी राख्नुपर्छ । क्रमस तपाईको परिवारले घरायसी काममा आफुलाई अभ्यस्त बनाउनेछ ।
प्रतिक्रिया 4