+
+
Shares

फोटो लिकः संजय दत्त बनेपछि यस्तो देखिए रणवीर कपुर

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १० गते १३:४६


बलिउडका मेकर तथा स्टारहरु आफ्नो चलचित्रको भूमिका लुकाउन निकै कोशिश गर्छन् । फोटो सार्वजनिक होला कि भनेर, उनीहरुले सेटमा मोबाइल, क्यामेरा नै निषेध गरेका हुन्छन् ।

तर, पनि पापाराजीहरुले पिछा गरेपछि कसको के लाग्छ र ? नायक रणवीर कपुर लामो समयदेखि एक बायोपिक चलचित्रका लागि तयारी गरिरहेका थिए । उनी, नायक संजय दत्तको बायोपिक चलचित्रका लागि तयारीमा थिए । जसका लागि उनले शरीर घटाएका थिए । कपाल देखिएला कि भनेर उनले टोपी लगाउने गरेका थिए ।

तर, उनको यो गोप्यता लामो समय टिकेन । चलचित्रको छायांकन सुरु भएसँगै उनको तस्बिर लिक भएको छ । राजकुमारी हिरानीको निर्देशनमा बनिरहेको यो चलचित्रको छायांकनका केहि तस्बिर लिक भएका छन् ।

जसमा उनी, लामो कपालमा देखिएका छन् । रणवीर, संजय दत्तको बलिउडको सुरुवाती समयको गेटअपमा देखिएका छन् । जहाँ, उनी निकै दुब्लाएको देख्न सकिन्छ । यसै बर्षको क्रिसमसमा चलचित्र रिलिज गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?