+
+
Shares

राप्रपा केन्द्रीय सदस्यमा क-कसले जिते ? (बिजेताको सूचीसहित)

बुद्धिमान तामाङलाई सर्वाधिक मत, कोमल ओली तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ११ गते १०:०२

११  फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको मतदानमा बुद्धिमान तामाङले सबैभन्दा बढी मत पाएर जित हात पारेका छन् । चर्चामा रहेकी गायिका कोमल ओली तेस्रो स्थान हात पार्दै केन्द्रीय सदस्यमा विजयी भएकी छिन् ।

महाधिवेशनमा कोमल ओलीको चर्चा व्यापक देखिए पनि उनीभन्दा अगाडि विक्रम पाण्डेले दोस्रो स्थान ल्याएर जीत हात पारेका छन् ।

बाँकेका चर्चित नेता धवलसमशेर राणाले चौथो स्थानसहित केन्द्रीय सदस्यमा जीत हात पारेका छन् भने झापाली नेता राजेन्द्र लिङदेनले पाँचौं स्थानसहित जित हात पारेका छन् ।

महिलाकोटाबाट उम्मेद्वारी दिएकी नायिका रेखा थापाले पनि राप्रपाको केन्द्रीय सदस्यमा जित हात पारेकी छिन् ।

राप्रपाका संस्थापक नेता स्व. सूर्यबहादुर थापाका छोरा सुनील थापा पनि विजयी भएका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दले पनि जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?