Comments Add Comment

कल्भर्ट निर्माणमा भारतीय पक्षको पुनः अवरोध

१२ फागुन, कञ्चनपुर । भारतले कञ्चनपुरको आनन्दबजार नजिकको कल्भर्ट निर्माणमा पुनः अवरोध गरेको छ । यसअघि कल्भर्ट निर्माण गर्न नेपाली र भारतीय पक्षबीच सहमति भएको थियो ।

दुवैपक्षबीच सहमति भएर काम अगाडि बढेपनि पुनः भारततर्फ बढी खनिएको बहानामा भारतीय बन बिभागका कर्मचारीले कल्भर्ट निर्माणमा अवरोध गरेका छन् ।

भारतले दाबी गरेको उक्त भूमिमा सहमतिपछि कच्ची कल्भर्ट मात्रै राखेर बाटो बनाउने मौखिक सहमति दुवै पक्षको छलफलबाट भएको थियो । सोही अनुरुप निर्माण हुन लागेको कल्भर्ट भारततिर बढी खनिएको भन्दै निर्माण कार्य रोक्न दवाव दिएको भारतीय पक्षले हतियारसहितका एसएसबीको बाक्लो उपस्थिति गराएको छ ।

पुनर्वास नगरपालिकाले कल्भर्ट निर्माणका लागि गत वर्ष ३ लाख र यस वर्ष ५ लाखको बजेट छुट्याइएको थियो । सो रकममा पक्की कल्भर्ट बनाउन लागिएको भए पनि भारतको हस्तक्षेपपछि कच्ची मात्रै बन्न लागेको थियो तर त्यसमा पनि अवरोध भएपछि कञ्चनपुरबासी मर्कामा परेका छन् ।

भारतीय पक्षले कच्ची कल्भर्ट बनाउँदा कल्भर्टमा सिमेन्टको प्रयोग गर्न नपाइने सर्त अगाडि सारेको छ । नेपाली पक्षले भारतीय भने बमोजिम नै काम अगाडि बढाउने सहमति गरेपछि मात्रै काम शुरु भएको स्थानिय पत्रकार हेमन्त न्यौपानेले बताए ।

उनले भारतीय पक्ष हतियारसहित नेपाली भूमिमा प्रवेश गरेर निर्माण कार्यमा अवरोध सिर्जना गरेपनि नेपाली सुरक्षा निकायबाट भने कुनै अवरोध गरिएको छैन ।

कल्भर्ट निर्माण हुनुभन्दा पहिले दशगजा भित्रै हतियारसहित गस्ती गर्ने भारतीय सीमा सुरक्षा बल एसएसबीले अहिले कल्भर्ट निर्माणस्थलमै गस्ती गर्ने गरेको न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment