Comments Add Comment

रामापुर क्याम्पसका नेबिसंघ नेताको ‘अपहरण’, रातभर कुटेर छाडे


१३ फागुन, बुटवल । नेविसंघ रामापुर बहुमुखी क्याम्पस सैनामैनाका इकाइ सहसचिवलाई अपरिचित समूहले अपहरण गरेको छ । बिहीबार बेलुका घर फर्किने क्रममा मोटरसाइकलमा आएका अपरिचित युवाहरुले सोनु चौधरीलाई अपहरण गरेको नेवि संघले जनाएको छ ।

रातभर बन्धक बनाएर कुटपिट गरी विहानीपख उनलाई छाडिएको छ । उनलाई अपहरणकारीको समूहले शुक्रबार बिहान ३ बजेतिर सैनामैना लखनचोक कलौनी प्रतिक्षालय नजिकै ल्याएर छोडिएको थियो ।

लुम्बिनी अञ्चल अस्पतालमा उपचाररत चौधरीले भने, ‘आँखामा पट्टी बाँधेर मरणासन्न हुने गरी पिटे ।’

अपहरण गर्ने समूहले ‘बढी चुरीफुरी नदेखा, चुनावमा उठिस् भने जेपनि हुनसक्छ,’ भनेको उनले सुनाए ।

घटनाको बिरोधमा नेविसंघले शुक्रबार क्याम्पस अगाडि १ घण्टा सडक बन्द गरेर प्रदर्शन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment