+
+
Shares

गीत गाएरै भोट माग्ने कोमलको योजना

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १५ गते ११:२५


सर्वाधिक मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रिय सदस्य निर्वाचित भएकी गायिका तथा नेतृ कोमल वली अब हुने निर्वाचनमा दाङ क्षेत्र न. ५ बाट चुनाव लड्ने तयारीमा छिन् ।

प्रत्यक्ष चुनाब लड्ने योजनामा रहेकी कोमलले आफ्नो चुनावी कार्यक्रम पनि मौलिक रहने बताइन् । ‘भाषण सुन्दा सुन्दा जनता वाक्क भैसके, म केबल भाषण मात्रै गर्दिनँ । गीत सुनाएरै भोट माग्छु’ कोमलले भनिन् ।

त्यसो त उनलाई अन्य केहि कलाकारले पनि साथ दिने भएका छन् । ‘कलाकार साथीहरुले पनि साथ दिन्छु भनेका छन् । अहिले योजना बनाउँदै छु’ कोमलले भनिन् ।

सम्मान ग्रहण गरेरै दिन बित्यो

तेक्वान्दो महिला एशोसिएशनका केहि महिलाले आइतबार उनको घरमा आउने जानकारी दिएका छन् । घरमा स्वागत गर्न आउने तयारीमा रहेका शुभचिन्तकलाई भेट्न बसेकी कोमल दिउँसो पनि पार्टीकै कार्यक्रममा सहभागी हुनेछिन् ।

‘दिउँसो केही साथीहरुको पार्टी प्रवेश गर्ने कार्यक्रम छ । बेलुका फेरि आफ्नै टोलको कार्यक्रममा सहभागी हुनुछ ।’ कोमलले भनिन् । केन्द्रिय सदस्यमा निर्वाचित भए लगत्तै उनले पाँच दर्जन भन्दा बढी संघसंस्थाका प्रतिनिधीको सम्मान ग्रहण गरिन् । अन्य केहीले उनलाई सम्मानको तयारी गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?