Comments Add Comment

ठगीमा मुछिएकी आशा लामाले भनिन्-देउवाजीले मेरो प्रशंसा गर्नुभो

१६ फागुन, काठमाडौं । वैदेशिक रोजगरीमा नै ठगी काण्डहरुमा मुछिएकी  वैदेशिक रोजगार व्यवसायी एवम् युएईका लागि प्रस्तावित राजदूत आशा लामाले राजदूत नियुक्तिमा आफू जत्तिको सक्षम व्यक्ति कोही पनि नरहेको दाबी गरेकी छन् ।

रिपोर्टर्स क्लव नेपालमा सोमबार पत्रकार सम्मेलन गरेर लामाले भनिन्, ‘म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । राजदूतका लागि म जत्तिको उपयुक्त व्यक्ति कोही पनि छैन ।’

यी पनि पढ्नुस् 
ओमान र यूएईका लागि सिफारिस राजदूत वैदेशिक रोजगारीका ‘ठग’ !
राजदूत शर्मिलाः अर्थात् ‘म्यानपावरवाली’ महामहिम !

पत्रकार सम्मेलनमा पटक-पटक ‘म जस्तो सक्षम व्यक्ति कांग्रेसमा राजदूत बन्न कोही पनि छैन,’ भनेकी लामाले परराष्ट्र मन्त्रालयमा राजदूत नियुक्तिका लागि आफूले आवेदन दिएको दाबी गरिन् ।

उनले भनिन्, ‘पत्रपत्रिकामा राजदूत नियुक्तिको समाचार पढेको थिएँ । त्यसपछि पराष्ट्र मन्त्रालयमा गएर निवेदन दिएँ । त्यसपछि मेरो योग्यता र सक्षमता देखेर सरकारले राजदूतमा सिफारिसमा गरेको हो ।’

राजदूत नियुक्तिसहितका राजनीतिक नियुक्ति पार्टीका सिफारिसमा हुने प्रावधान छ । तर, परराष्ट्र मन्त्रालयमा निवेदन दिनुपर्ने व्यवस्था छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग जिपछिरिङ लामाको माध्यमबाट कनेक्सन भएको बताएकी लामाले भनिन्, ‘जिपछिरिङ लामा मेरो पारिवारिक मान्छे हो । उहाँमार्फत शेरबहादुर देउवा समक्ष पुगेको हुँ । उहाँले पनि मेरो काविलियतमा प्रशंसा गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment