Comments Add Comment

११ ब्युटी मन्त्रः स्वास्थ्य एवं सुन्दर छालाको लागि

१. दैनिक कम्तीमा २-३ लीटर पानी पिउनुपर्छ, किनभने पानीको कमीले छाला रुखो हुन्छ ।

२. आफ्नो डाइटमा ताजा फलफूल, नरिवल पानी आदि सामेल गरौ । यसले पानीका साथै छालाका लागि भिटामिन्स पनि मिल्छ ।

३. अनुहार सफा राख्नका लागि सामन्य साबुनको साटो माइल्ड क्लिन्जरको प्रयोग गरौं ।

४. अनुहार धोइसकेपछि र राती सुत्नुअघि अनुहारमा मोश्चराइजर लगाउने ।

५. छालाको प्रकृति अनुसार फेसवास छनौट गरौ, जस्तो तैलिया छालाका लागि सेलिसिक एसिडयुक्त फेसवास, रुखो छालाको लागि माइल्ड र सामन्य छालको लागि प्राकृतिक पिएच फेसवास प्रयोग गरौं ।

६. घाममा निस्कनुअघि एसपिएफ २० युक्त सनस्त्रिmन लगाउनुपर्छ ।

७. नियमित रुपले अनुहारलाई टोनिङ गरौ, यसका लागि नन अल्कोहोलिक टोनर प्रयोग गरौं ।

८. राती सुत्नुअघि अनुहारमा नाइट रिपेयर क्रिम लगाउन नभुलौ, यसले मृत्त कोशिकालाई हटाएर स्किनलाई नरम बनाउँछ ।

९. आफ्नो छालाको प्रकृति अनुसार सौन्दर्य प्रसाधन छनौट गरौ, मेकअप उतार्नका लागि मेकअप रिमुभर नै प्रयोग गरौं ।

१०. हातलाई मुलायम बनाउनका लागि मोश्चराइजर युक्त ह्यान्डवास प्रयोग गरौ ।

११. नियमित रुपले व्यायम गरौ, यसले रक्त संचार राम्ररी हुन्छ र छालामा निखार ल्याउँछ ।

ब्युटी अलर्ट

–   जंकफूडको सेवनबाट बचौं, नभए यसले डन्डिफोरको समस्या निम्त्याउँछ ।

–   चर्को घाम वा एसीको सम्पर्कमा आउनुहुन्न, यसले छालालाई प्रभावित तुल्याउँछ ।

–   छालालाई रगड्ने भुल नगरौं ।

अचानक डाइटिङ सुरु नगरौ, यसले तपाईको छालामा नकारात्मक असर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment