Comments Add Comment

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

१८ फागुन, ललितपुर । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको स्ववियु चुनावमा अखिल क्रान्तिकारी विजयी भएको छ । सभापतिमा माओवादी केन्द्र निकट क्रान्तिकारीका रोशन थापामगर निर्वाचित भएका हुन् ।

थापामगरले अनेरास्ववियुका सुदीप चालिसेलाई ६२ मतले हराए । थापामगरको पक्षमा ४९७ र चालिसेको पक्षमा ४३५ मत परेको छ ।

सचिवमा अनेरास्ववियुका ओम अधिकारी र कोषाध्यक्षमा प्रतिक न्यौपाने निर्वाचित भएका छन् । अधिकारीले अखिल क्रान्तिकारीका प्रशान्त दाहाललाई ९० मतले हराए । अधिकारीको पक्षमा ६३४ र न्यौपानको पक्षमा ५४४ मत परेको छ ।

यसैगरी कोषाध्यक्षमा अनेरास्ववियुका प्रतिक न्यौपाने ६४७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका अरविन्द कर्णको पक्षमा ५१३ मत परेको छ ।

सात सदस्यहरुमा अदिती गजुरेल (अखिल क्रान्तिकारी), नविन न्यौपाने (अखिल क्रान्तिकारी), अस्मिता महरा (अखिल क्रान्तिकारी), सिर्जना भुसाल (अनेरास्ववियु), अर्जुन खतिवडा (अनेरास्ववियु), रमेश जोशी (अनेरास्ववियु), दिपक सापकोटा (नेविसंघ) निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment