Comments Add Comment

स्ववियु नतिजाः इन्जिनियरिङमा क्रान्तिकारी, डाक्टर र नर्सिङमा अखिल

थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति प्रज्ज्वल खड्का

१९ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्तमध्ये उपत्यकामा बुधवार निर्वाचन भएका क्याम्पसमा हालसम्मको मतगणनामा एमालेसम्बद्ध अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले जितेका छन् ।

विहीबार विहान सम्पन्न मतगणना अनुसार थापाथली इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारी प्रचण्डको प्यानल बिजयी भएको छ । क्रान्तिकारीका सभापति उम्मेदवार प्रज्ज्वल खड्काले जितेका छन् । यसअघि पुल्चोक इन्जिनियरिङमा पनि अखिल क्रान्तिकारीले जितेको थियो ।

काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अनेरास्वयुका पूर्ण खड्काको प्यानलले जितेको छ । त्यस्तै एड्भान्स इन्जिनियरिङ कलेजमा पनि अनेरास्ववियुले जितेको छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत केन्द्रीय मेडिसिन क्याम्पस महाराजगन्जको स्ववियुमा इतिहासमै पहिलो पटक अनेरास्ववियुले जितेको छ । अखिलका सभापति उम्मेदवार डा.मिलन गैरेले ९१ मतको अन्तरमा नेविसंघका डा.शन्तोष उपाध्यायलाई पराजित गरे ।

अखिलका डा.गैरेले ५१३ मत पाउँदा नेविसंघका उपाध्यायले ४२२ मत प्राप्त गरेका छन् ।

त्यस्तै त्रिवि शिक्षण अस्पतालकै महाराजगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुले जितेको छ । अखिलकी बिमला धमलाले २४० मत प्राप्त गरेकी छन् ।

उपत्यकामा चुनाव भएका अन्य ठूला क्याम्पसमध्ये सानो ठिमी क्याम्पसमा अखिल क्रान्तिकारी प्रचण्ड र नेविसंघको संयुक्त प्यानल बिजयी भएको छ । संयुक्त प्यानलका सभापति रमेश खड्काले अनेरास्ववियु र विप्लवको संयुक्त प्यानललाई पराजित गरेका हुन् ।

कोटेश्वर बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुले जितेको छ । अनेरास्ववियुका सभापति उम्मेदवार माधव अधिकारीले नेविसंघ र अखिल क्रान्तिकारीका संयुक्त प्यानललाई पराजित गरेका हुन् ।

त्यस्तै ललितपुरको एडभान्स इन्जिनियरिङ कलेजमा गौरव थापाको नेतृत्वमा अनेरास्ववियुको प्यनल नै विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment