Comments Add Comment

काजोलदेखि शाहरुखसम्मका छोरीः कस्ता थिए, कस्ता भए ?

ग्ल्यामर संसारमा अनुहारले ठूलो महत्व राख्छ । त्यही भएर बलिउडकर्मी आफ्नो अनुहारको बिशेष ख्याल राखिरहेका हुन्छन् । कति बलिउडकस्टार सुरुवाती दिनमा खासै आकर्षक थिएनन्, पछि उनीहरु निकै आकर्षक एवं स्मार्ट भएर निस्किए ।

ठीक यसैगरी बलिउडस्टारका छोरीहरु पनि अहिले फेरिएका छन्, जो बिगतमा राम्री थिएनन् ।

सुहाना खान

बलिउडका किंग खान शाहरुखको व्यक्तित्व आफैमा भव्य र आकर्षक छ । पत्नी गौरी पनि निकै स्टाइलिस छिन् । तर, यस्तो दम्पतीकी छोरी सुहाना खान सुरुवाती अवस्थामा त्यती आकर्षक देखिएनन् । यद्यपी अहिले उनको स्वरुप फेरिएको छ । उनी अहिले निकै सुन्दर र भव्य देखिएकी छिन् ।

खुशी कपुर

सुन्दर रुपका लागि कहलिएकी अभिनेत्री हुन्, श्रीदेवी । उनकी ठूली छोरी जान्ह्वी त पहिलेदेखि नै लाइमलाइटमा छिन् । तर, कान्छी छोरी खुसी कपुरले त्यो चर्चा पाएकी थिइनन् । हालैमात्र उनी शोसल मीडियामा सक्रिय भएकी छिन् । नहोस् पनि किन, उनी अहिले बद्लिएकी छिन् । अहिले खुसीको स्टाइलिस लुक्स हेर्नलायक छ ।

सारा खान

सैफ अली खानकी छोरी सारा खान बलिउडमा डेब्यु गर्ने चर्चा छ । यद्यपी यसअघि उनको शरीर एकदमै भद्दा थियो । पछिल्लो समय उनले आफ्नो शरीर यसरी मेन्टेन गरिन् कि, पछिल्लो छिमलमा उनको सौन्दर्यको चर्चा चुलिएको छ ।

न्यासा देवगन

यदि तपाईलाई बाजिगर फिल्ममा काजोलको लुक्स याद गर्नुभएको छ भने, महसुष गर्नुभएकै हुनुपर्छ उनी अहिले कति बद्लिइसकेकी छिन् । यस्तै भएको छ उनकी छोरी न्यासाको हकमा पनि । काजोल-अजय पुत्री न्यासा जति जति हुर्कदै गइन्, उतिनै आकर्षक हुँदै गएकी छिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment