Comments Add Comment

विद्युत प्राधिकरणमा कांग्रेस निकटको संघ आधिकारिक ट्रेड युनियन निर्वाचित


१९ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा कांग्रेस निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ निर्वाचित भएको छ । ३ हजार ३ सय ८३ मत प्राप्त गर्दै संघले आधिकारिक ट्रेड युनियनको रुपमा जीत हात पारेको हो ।

बुधबार भएको निर्वाचनमा संघले अन्य ३ वटा संगठनलाई पछि पार्‍यो । संघको निकटम् प्रतिद्वन्द्वी एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन १ सय २९ मतले पछि पर्‍यो । निर्वाचनमा एमाले निकटको कर्मचारी युनियनले ३ हजार २ सय ५४ मत ल्यायो ।

नेकपा माओवादी केन्द्र निकटको नेपाल राष्ट्रय कर्मचारी संगठनले १ हजार १ सय ६ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकटको नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषदले निर्वाचनमा १ सय ६२ मत ल्याएको छ । निर्वाचनमा कुल ७ हजार ९ सय ५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment