+
+
Shares

गायिका थापाका छोरा शुभमको हिरो बन्ने चाहना

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २० गते १०:३३


लोक दोहोरी गायिका गायत्री थापाको छोरा शुभम थापा हिरो बन्ने तयारीमा छन् । आफ्नै आमाको कम्पनी शिब दर्शन डिजिटलबाट निर्माण भएको ‘इन्टरनेटमा’ बोलको गीतमा उनले मोडलिङ गरेका छन् ।

नृत्य र खेलकुदप्रति रुची राख्ने शुभमले पठाईसँगै अभिनयलाई पनि अघि बढाउने बताए । उनको उद्देश्य त चलचित्रमा हिरो बन्ने छ । त्यसका लागि केहि तयारी बाँकी रहेको बताए । ‘अभिनयवारे केहि अध्ययन गर्दैछु । राम्रै तयारी गरेर चलचित्रमा आउने योजना छ’ शुभमले भने ।

‘छोराले अभिनयमा राम्रै रुची देखाएकाले त्यसको तयारीका लागि काम सुरु गरेको आमा गायत्रीको भनाई छ । त्यसो त उनी छोरालाई जस्तो पायो त्यस्तै गीतमा अभिनय गराउने योजनामा छैनन् । आफ्नै म्युजिक कम्पनि भएपनि केहि रोजिएका गीतमा मात्रै अभिनय गराउने उनको योजना छ ।

रामचन्द्र काफ्ले र मन कुमारी सुनारको स्वर रहेको गीतमा शुभम र ऋचाले अभिनय गरेका छन् । दीपक थापाको शब्द रहेको गीतको भिडियो निर्देशन दिलिप ओखेडाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?