Comments Add Comment

महामन्त्री कोइरालासहित काँग्रेस नेताहरु बेल्जियममा

 

 

२१ फागुन, बार्सिलोना । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालासहित काँग्रेस नेताहरू बेल्जियम आइपुगेका छन् । नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशनलाई सम्बोधन गर्न नेता कोइराला बेल्जियम आईपुगेका हुन्। कोइरालासँगै केन्द्रीय प्रतिनिधिको रुपमा काँग्रेस नेता सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्यद्वय एनपी साउद र चन्द भण्डारी पनि बेल्जियम आइपुगेका छन् ।

बिपीपुत्र कोइरालासहित काँग्रेस नेताहरुको स्वागतका लागि बेल्जियमका काँग्रेसीहरुको बिमानस्थलमा भीड नै लागेको थियो । आइतबार हुने अधिबेशनलाई कोईरालाले उद्घाटन गर्दै छन् । महामन्त्री कोईरालाले बेल्जियम अलवा अन्य युरोपेली मुलुकमा पनि काँग्रेसीहरु माँझ अन्तरक्रिया, छलफल र भेटघाट गर्ने कार्यक्रम छ ।

जनसम्पर्क समिति बेल्जियमको मार्च ५ तारिखमा अधिबेशन उद्घाटन हुँदै छ । आगामी नेतृत्वका लागि काँग्रेस महासमिति सदस्य सीता सापकोटा, पूर्व उपाध्यक्ष माधव सापकोटा तथा बर्तमान उपाध्यक्ष अनुजा प्रधानले दाबी गर्दै आएका छन् । सर्बसम्मत हुन नसके आगामी मार्च १२ तारिखमा नयाँ कार्यसमितिका लागि चुनाव हुँदैछ । समितिका अध्यक्ष सुबास जोशीका अनुसार १ हजार ३ सय २७ सदस्यहरु मतदान सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment