Comments Add Comment

चियापत्ति बटुल्ने आलियाको सौख

मुम्बई । कलाकारका सौख पनि अनेक खालका हुन्छन्, स्वदेश एवं विदेशमा घुम्नेक्रममा स्थानिय स्तरमा निर्मित सामान खरीद गर्नुलाई सामान्य मानिन्छ । तर, कुनै कलाकारले जहाँ पुग्दा पनि एउटै सामान खरीद गर्‍यो भने अचम्म मान्नुपर्ने हुन्छ ।

बलिउड नायिका आलिया भट्टको अनौठो शोख छ । उनी जहाँ पुगेपनि चियापत्ति संकलन गर्छिन । टेलिभिजन शो ‘यार मेरा सुपरस्टार सीजन-२’ मा चलचित्र बद्रीनाथको दुल्हनिया’को प्रचारका लागि आयोजित कार्यक्रममा बरुण धवनले यो खुलासा गरेका हुन् ।

बरुणका अनुसार आलिया लिपिष्टिक, जुत्ता, चप्पल वा लुगा खरीदका लागि खास वास्ता गर्दिनन् । तर, चियापत्ति भने किनिहाल्छिन् । जुनसुकै मुलुक पुगे पनि त्यस मुलुकमा भेटिएका सबै जातका चियापत्ति जम्मा गर्ने उनको अनौठो बानी छ ।

आलियाको बहिनी सेतो चियाको पारखी हुन् यतिसम्म कि बरुणले एक पटकको जन्मदिनमा आलियालाई चियापत्ति उपहार दिएका थिए ।

सिंगापुर गएको बेलाको घटना सम्झँदै बरुणले भने ‘हामी घुम्न निस्कियौं आलिया र उनकी बहिनी आएनन् पछि थाह भयो उनीहरु त चियापत्ति खरीद गर्न गएका रहेछन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment