Comments Add Comment

‘दर्पण छाया २’को प्रचारमा साहाराको दौडधुप


नव-नायिका साहारा कार्की अहिले चलचित्र ‘दर्पण छाया २’को प्रचारमा दौडधुप गरिरहेकी छिन् । २ महिना अगाडि मात्र चलचित्र प्रचारका लागि साहारा नेपाल आएकी थिइन् । केहि समय नेपाल बसेर उनी अमेरिका फर्किएकी थिइन् । उनै, साहारा चलचित्र प्रदर्शनको समय नजिक आउँदै गर्दा नेपाल आएकी छिन् ।

यो चलचित्र फागुण २७ गतेबाट रिलिज हुँदैछ । साहाराले कलेज बिदा मिलाएर आफू पूर्ण समय चलचित्रको प्रचारमा हिड्न नेपाल आएको बताइन् । तुलसी घिमिरेले निर्देशन गरेको यो चलचित्रलाई सबु गदाल कार्की र रवि कार्कीले निर्माण गरेका हुन् ।

चलचित्रमा पुष्पल, साहारा, श्रद्धा प्रसाइको मुख्य भूमिका छ । चलचित्रको गीतसंगीतले अहिले दर्शकको मन जितिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment