+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

स्थानीय तहको संख्या ७४४ पुग्यो, मधेसमा २१ र काठमाडौंमा दुई थपियो

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते २१:१९

२२ फागुन, काठमाडौं । सरकारले स्थानीय तहको संख्या ७४४ नै बनाउने निर्णय गरेको छ । साथै राजनीतिक सहमतिका आधारमा संख्या थप गर्ने बाटो पनि खुला राखिएको छ ।

बालानन्द पौडेल नेतृत्वको पुनर्संरचना आयोगले ७१९ स्थानीय तह सिफारिस गरेको थियो ।

तर, मधेसी मोर्चाले असन्तुष्टि बनाएपछि हितराज पाण्डेको नेतृत्वमा बनेको कार्यदलले आयोगले सुरुमा तोकेको अधिकतम सीमालाई नै मान्यता दिएको छ ।

कार्यदलको प्रतिवेदनलाई आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ र, स्थानीय विकास मन्त्रालयमार्फत निर्वाचन आयोगका पठाउने निर्णय गरेको छ ।

बैठकपछि मन्त्री पाण्डेले भने, ‘राजनीतिक समझदारीका अधारमा सरकार अझै अन्य निर्णय लिन तयार छ ।’

मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनाव गराउनु आफूहरुको उद्देश्य भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाटो खुला राख्ने निर्णय गराएका हुन् ।

प्रदेश नम्बर दुईमा २१ स्थानीय तह थप भएको छ । ७१९ हुँदा प्रदेश नम्बर २ मा १०६ स्थानीय तह हुन्थ्यो । अब १२७ पुगेछ, जुन इलाका हुँदा सरह हो ।

काठमाडौंमा दुई स्थानीय तह थपिएको छ । शंखरापुर र दक्षिणकालीलाई नगरपालिका बनाइएको छ ।

साथै मनाङ र बझाङमा एक/एक स्थानीय तह थप भएको छ । नुवाकोटमा प्राविधिक समितिको सिफारिसलाई नै मान्यता दिइएको छ भने खोटाङमा आयोगको सिफारिसलाई नै स्वीकार गरिएको मन्त्री पाण्डेले बताए ।

अनि थपियो ६ स्थानीय तह

स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले शुक्रबार ७३८ स्थानीय तहको प्रस्ताव बनाएको थियो । जस अनुसार प्रदेश नम्बर २ मा १७ र बझाङ र मनाङमा १-१ थपिने थियो ।

तर, माओवादी र कांग्रेसबीच स्थानीय तहको संख्या ७४४ नै बनाउने समझदारी भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मधेसमा ४ र पहाडमा दुई थप्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?