+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

महाधिवेशनको पूर्वसन्ध्यामा एमालेको रक्तदान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १५:१८

१९ मंसिर, काठमाडौं । पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा वृहत रक्तदान कार्यक्रम भएको हो । मध्यान्ह १२ बजेदेखि शुरु भएको कार्यक्रम अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण गरी सयौंको संख्यामा सहभागी भएका थिए । रक्तदानमा पार्टीका वरिष्ठ नेता, केन्द्रिय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा काठमाडौं उपत्यकाका विभिन्न पालिकाका जनप्रतिनिधिहरूले पनि सक्रिय रूपमा सहभागिता जनाएका छन् ।

मानवीय सेवालाई पार्टीको अभियानको रूपमा अघि बढाइएको नेताहरूले बताएका छन् । रक्तदानलाई महाधिवेशनको तयारीसँग जोडेर हेर्नुपर्ने उनीहरूको भनाइ छ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन पार्टीले देशभर विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

रक्तदान कार्यक्रम पनि त्यसैको एक हिस्सा भएको एमालेले जनाएको छ । महाधिवेशन नजिकिँदै गर्दा एमालेले “जनताको जनवाद: समृद्ध नेपालको बलियो आधार” भन्ने नाराका साथ संगठन सुदृढीकरण, नीति तथा विचारको बहस र नेतृत्व चयनको तयारीलाई तिब्र पारेको छ ।

रक्तदान जस्ता कार्यक्रमले पार्टीको सामाजिक छवि थप उज्यालो बनाएको नेताहरूको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?