+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
१०२ बलमा १५२ रन आवश्यक
चितवन राइनोज 2025
18/1 (2.6)
Shares

एमालेमा नीति र नेतृत्वबारे विवाद छैन : उपमहासचिव रिमाल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वमा कुनै विवाद नहुने दावी गर्नुभयो।
  • रिमालले महाधिवेशनमा नेतृत्वका सवालमा स्वच्छ प्रतिस्पर्धा हुने र पार्टीले स्थिर नीति र राष्ट्रवादी अडानमा अघि बढ्ने बताउनुभयो।
  • एमालेको महाधिवेशन २७ देखि २९ मंसिरसम्म भक्तपुर र काठमाडौंमा करिब २४०० प्रतिनिधिसहित आयोजना हुनेछ।

१८ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने दावी गरेका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार आयोजना गरेको संवाद कार्यक्रममा रिमालले यस्तो बताएका हुन् । एमाले लामो इतिहास र संघर्ष पार गर्दै अघि बढेको पार्टी भन्दै उनले महाधिवेशनमा नेतृत्वका सवालमा स्वच्छ प्रतिस्पर्धा भए त्यसलाई अस्वाभाविक मान्न नपर्ने बताए ।

‘पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन । हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौं । यही स्थिर नीति र राष्ट्रवादी अडानका साथ मुलुकलाई नै नेतृत्व गर्न सक्ने क्षमता वर्तमान अध्यक्ष केपी शर्मा ओलीमा रहेको छ,’ उनले भने, ‘त्यस अर्थमा हामी मूल नेतृत्वलाई सघाउने गरी सामूहिक नेतृत्वको प्रणालीमा अघि बढ्नेछौं ।’

एमालेको महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब दुई हजार ४००  प्रतिनिधि रहनेछन् । यही २७ देखि २९ मंसिरसम्म आयोजना हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?