Comments Add Comment

‘रुट नम्बर २३’मा सौगात र नम्रताको जोडी


नायिका नम्रता श्रेष्ठ र नायक सौगात मल्लको जोडी एकसाथ पर्दामा देखिने भएको छ । यी दुइले एकसाथ काम गर्न लागेको चलचित्रको नाम ‘रुट नम्बर २३’ हो ।
चलचित्रको बारेमा केही समय अगाडि पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको थियो ।

निर्माण टिमले दिएको जानकारी अनुसार, नम्रतासँग मौखिक संझौता भैसकेको छ । तर, उनीसँग लिखित संझौता भने भएको छैन । रंग पत्रकार समिर बलामीले यो चलचित्रको निर्देशन गर्नेछन् । चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ । चलचित्रमा वुद्धि तामाङ, मेनुका प्रधान, सुधिर श्रेष्ठ लगायतका कलाकारले पनि काम गर्नेछन् ।

चलचित्रका निर्माता विकास श्रेष्ठ र दीपेन्द्र शाक्य हुन् । कार्यकारी निर्मातामा भने राजेन्द्र प्रसाद त्रिपाठी छन् । यो चलचित्रको छायांकन काठमाण्डौ, पोखरा र हिमाली भेगमा हुने बताइएको छ । पुरुषोत्तम प्रधानले खिच्ने यो चलचित्रको बजेट १ करोड ५० लाख बताइएको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, चन्द्र पन्तको एक्सन रहने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment