Comments Add Comment

२४ घण्टा नबित्दै त्रिविलाई निर्वाचन आयोगको दोस्रो पत्र, स्ववियु चुनाव स्थगित

२३ फागुन, काठमाडौं । रत्नराज्य (आरआर) लगायतका सबै क्याम्पसहरुमा स्ववियु चुनाव स्थगित भएको छ । निर्वाचन आयोगले २४ घण्टाको अवधिमा दोस्रो पत्र लेखेर आचारसंहिता लागू भइसकेको तर्फ त्रिभुवन विश्वविद्यालयको पुनः ध्यानाकर्षण गराएपछि स्ववियु चुनाव स्थगित भएको हो ।

आयोगले आइतबार पनि निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै चुनाव नगराउन त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको थियो ।

(यो समाचार पढ्नुहोस्: निर्वाचन आयोगले भन्यो- अब स्ववियु चुनाव गर्न पाइँदैन)

तर, एमाले निकट अनेरास्ववियुले पूर्वनिर्धारित कार्यक्रम भएकाले स्ववियु चुनावलाई आचारसंहिताले नछुने तर्क गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षलाई सम्बोधन गर्दै आयोगले आचारसंहिता लागू हुने मिति सम्बन्धमा सोमबार पुनः पत्र लेखेको छ, जसमा ‘उम्मेदवारको हकमा मनोनयन दर्ता भएको मिति २०७४/०१/१६ देखि लागू हुनेछ । अन्य बिभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई मिति २०७३/११/१८ देखि लागू हुनेछ,’ उल्लेख छ ।

हेर्नुहोस् निर्वाचन आयोगको दोस्रो पत्र 

अनेरास्ववियुका नेताहरुले भने निर्वाचनमा कुनै समस्या नरहेको दावी गर्दै आफू निकट विद्यार्थीहरुलाई मतदानका लागि सोमबार क्याम्पसमा बोलाएका थिए । स्ववियु चुनावको लागि भन्दै आरआरमा सोमबार बिहानैदेखि विद्यार्थीहरु भेला भएका थिए ।

तर, कांग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले भने क्याम्पसलाई सुरक्षाकर्मीको ब्यारेक जस्तो बनाएर अनेरास्ववियुले एकतर्फीरुपमा चुनावी प्रक्रिया अघि बढाएको भन्दै विरोध प्रदर्शन गरेका थिए । विद्यार्थी संगठनहरु एकअर्काको विरोधमा उत्रिएकाकारण तनावको स्थिति सिर्जना भएको थियो ।

यो पनि पढ्नुहोस्
आरआरमा अखिल र क्रान्तिकारीको नाराबाजी, चुनाव अनिश्चित (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment