+
+
Shares

मधेसका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन हुँदैनः रविन्द्र अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते १४:५७

२३ फागुन, भक्तपुर। नेकपा एमालेका नेता एवं संसदको विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन नहुने बताएका छन् ।

रफत सञ्चार क्लवमा भएको साक्षात्कारमा बोल्दै नेता अधिकारीले मुलुकको एकतालाई बलियो बनाउनसंविधान संशोधनभन्दा पहिला निर्वाचन गर्नुपर्ने बताए । निर्वाचन नगराउने सरकारको कदमलाई चिरफार गर्न एमालेले मेची महाकाली अभियान थालेको उनले दावी गरे ।

उनले एमालेलाई विकासविरोधी भन्नेहरुलाई प्रमाणित गर्न चुनौती दिए । नेता अधिकारीले एमालेको मेची महाकाली अभियान देखेर केहि शक्तिहरु तर्सिएकाहरु अभियान बिथोल्न लागिपरेकेा आरोप लगाए ।

संविधान कार्यान्वयनको लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै उनले निर्वाचनमा मधेसी मोर्चा पनि सहभागी हुने विश्वास व्यक्त गरे ।

प्रजातान्त्रिक पद्धतिमा हरेक राजनीतिक पार्टीलाई राजनीतिक सभा गर्ने छुट रहेको बताउँदै अधिकारीले अभियान विथोल्न खोज्नेहरु राष्ट्र र राष्टियताविरोधी भएको बताए ।

एमालेले तराई मधेसका जनतालाई सचेत गराउन जागरण अभियान थालेको बताउँदै जागरण अभियानलाई चुनावी अभियानका रुपमा नबुझ्नसमेत उनले आग्रह गरे ।

संविधान संशोधन प्रस्ताव नेपाली जनताको पक्षमा नभएको बताउँदै नेता अधिकारीले मधेसी मोर्चाको विरोध भन्दै विद्यार्थी निर्वाचन जस्तै खण्डखण्ड निर्वाचन गराएर कमजोरी नदेखाउन र निर्वाचनको सुनिश्चिता देखाउन सरकारसँग मागसमेत गरे ।

देशमा वैदेशिक हस्तक्षेप बढिरहेको बताउँदै वैदेशिक हस्तक्षेप रोकेर आफ्नै खुट्टामा उभिन नसकेसम्म राज्य सञ्चालनमा अराजकता कायम भइरहने नेता अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?