+
+
Shares

एक करोडमा बिकेको थियो दुनियाँकै पहिलो सेल्फी, यस्तो छ सेल्फीको कथा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते २२:१०

चाहे नयाँ पुस्ता होउन् वा पाका पुस्ता । स्मार्टफोन प्रयोगकर्ताको बढोत्तरीसँगै सेल्फीको क्रेज पनि ह्वात्तै बढेको छ । मुख चुच्चो पार्दै सेल्फी खिच्ने र त्यसलाई फेसबुकलगायतका सोसल मिडियामा पोष्ट गर्ने तन्नेरी पुस्ताको ट्रेण्ड नै छ । सेल्फीको क्रेजलाई हेर्दै स्मार्टफोन कम्पनीहरुले पनि स्मार्टफोनमा सेल्फी क्यामराको गुणस्तर र क्षमतामा बढि ध्यान दिन थालेका छन् । अहिले चरमचुलीमा पुगेको सेल्फीको यो चलन कहिले चलेको होला ? तपाइँलाई थाहा पाउँदा अनौठो लाग्ला की दुनियाको पहिलो सेल्फी आजभन्दा डेढसय वर्ष पहिले खिचिएको हो ।

१८५० मा पहिलो सेल्फी

यो साँचो हो । विश्वमा पहिलोपटक सन् १८५०को दशकमा सेल्फी खिचिएको प्रमाण हालसम्म फेला परेको छ । उतिबेला खिचिएको त्यो सेल्फी अहिलेको जस्तो चमक धमकपूर्ण तथा रंगीन हुने कुरै भएन । त्यो एउटा सेल्फ पोट्रेट मात्र थियो । स्विडेनका आर्ट फोटोग्राफर अस्कर गुस्तेभ रेजलेन्डरको सेल्फी नै दुनियाँको पहिलो सेल्फी हो ।

१ करोड १२ लाखमा लिलामी

सेल्फीको यो जमानामा दुनियाँकै पहिलो सेल्फी भनिसकेपछि महत्वपूर्ण नहुने कुरै भएन । त्यसैले कलाकार रेजलेन्डरको त्यो ऐतिहासिक सेल्फी पोट्रेट झण्डै १ करोड १२ लाख रुपैयाँमा बिक्रि भएको थियो, सन् २०१४ मा ।

बेलायतको उत्तरी योर्कशायरस्थित मर्फटस हेरोगेटमा भएको लिलामीमा उक्त सेल्फी पोट्रेट ७० हजार पाउण्डमा लिलाम भएको थियो । मर्फटसका अनुसार एकजना व्यक्तिले अस्करको केही फोटोहरु भएको एउटा एल्बम बेच्नका लागि ग्राहक खोज्दै थिए । उनले उक्त एल्बम जम्मा १ सय डलर लिएर मर्फटसलाई बेचेका थिए । सोही एल्बमभित्र भएका ७० वाटा फोटोहरुमध्ये उक्त सेल्फी पनि फेला परेको थियो । सेल्फी सन् १८५० को दशकमा खिचिएको हो ।

दाबी अर्को पनि

यद्यपि दुनियाँमा सबैभन्दा पहिले सन् १८३९ मा सेल्फी खिचिएको दाबी पनि गर्ने गरिन्छ । उनी थिए अमेरिकी फोटोग्राफर रोबर्ट कोरनेलियस । उनले आफ्नो क्यामराबाट आफ्नै फोटो खिच्ने कोसिस गरेका थिए ।

के हो सेल्फी ?

स्मार्टफोनबाट आफैले खिचेको आफ्नो फोटोलाई सेल्फी भनिन्छ । पछिल्लो दुईतिन वर्षयता सेल्फीको प्रचलन ह्वात्तै बढेको छ । पहिलोपटक सेल्फी शव्दको प्रयोग चाहीँ अष्ट्रेलियाली वेबसाइट फोरम एबीसी अनलाइनले सन् २००२ को सेप्टेम्बर १३ मा गरेको हो ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?