+
+
Shares

धनुषा र सप्तरीमा बिहानैदेखि प्रदर्शन, मोर्चाको बन्दले जनजीवन प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २४ गते १०:१०
फाइल तस्वीर ।

२४ फागुन, काठमाडौं । सप्तरी घटनाको विरोधमा मधेसका विभिन्न जिल्लाहरुमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ । सोमबार प्रहरीको गोली लागेर चार जना प्रदर्शनकारीको मृत्यु भएको विरोधमा सप्तरी, धनुषालगायतका जिल्लाहरुमा प्रदर्शन भएको हो ।

सप्तरी घटनाप्रति आपत्ति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको मधेस बन्दका कारण तराई/मधेस क्षेत्रका नागरिकको दैनिकी प्रभावित भएको छ ।

मोर्चाले मंगलबार र बुधबारका लागि आहृवान गरेको बन्दका कारण मधेसका अधिकांश जिल्लामा सवारीसाधान चलेका छैनन् । बजार पसल समेत बन्द छ ।
मोर्चाका कार्यकर्ताहरुले विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । स्थितिलई भड्कन नदिन ठूला संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।

एमालेले सञ्चालन गरेको मेची-महाकाली अभियानका क्रममा सोमबार सप्तरीमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?