
२४ फागुन, बार्सिलोना । युरोपमा रहेका कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले सप्तरी घटनाले मुलुकको राजनीतिमा खराब तरङ्ग ल्याएको बताएका छन् ।
नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले सप्तरीमा चार जनाको मृत्यु भएको घटना दुखद भन्दै मुलुकमा शान्तिको वातावरण बिग्रँदै गएकोमा चिन्ता व्यक्त गरे ।
घटनाबारे कुनै कडा टिप्पणी नगरेका कोइरालाले सप्तरी घटनाबाट आफू दुखी भएको प्रतिक्रिया जनाए । अहिले मुलुकको आवश्यकता भनेकै निर्वाचन भएकाले सबैलाई निर्वाचनमा जुट्न पनि उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4