+
+
Shares

चैतदेखि बुद्धले भद्रपुर, विराटनगर, नेपालगञ्ज र धनगढीमा थप उडान भर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २४ गते १४:१४


२४ फागुन, काठमाडौं । बुद्ध एयरले हालैमात्र थपेको नयाँ जहाज एटीआर-०७२ जहाजबाट झापाको भद्रपुर, मोरङको बिराटनगर, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीमा उडान संख्या थपेको छ।

ती स्थानहरुका बुध्दले चैत  १ गतेदेखि उडान भर्ने जनाएको छ । यात्रुको सुविधालाई मध्यनजर गरी उठान थपिएको हो ।

खराब मौसम, बढ्दो एयर ट्राफिक, साँघुरिदो एयरपोर्टलगायतका कारण कहिलेकाहीँ उडान विलम्व हुने समस्याका कारण उडान ढिलो हुने गरेको जनाएको छ ।

विज्ञप्ती  जारी गर्दै  बुद्ध एयरले यस्तो समस्याका बाबजुत पनि आफ्नो एयरलाइन्स समयमै उडान गर्न र विलम्वलाई न्यूनिकरण गर्न प्रतिबद्ध रहेको मा उल्लेख छ ।

अहिले भित्रिएको एटीआर-०७२ जहाज वातावरणमैत्रीका हुनुका साथै परम्परागत विमानका तुलनामा कम इन्धन खपत गर्ने बताइएको छ । यसमा फराकिला सीट, खुट्टाका लागि पनि पर्याप्त ठाउँ छ । न्यून ध्वनी प्रदुषणयुक्त एटीआरमा यात्रा गर्दा यात्रुहरुले थप आरामको अनुभूति गर्नेछन् ।

थपिएको नयाँ जहाजससँगै बुध्द एयरसँग एटीआर-७२ को संख्या चार पुगेको छ । यी बाहेक तीनवटा एटीआर-४२ र दुईवटा बीच एयरक्राफ्ट १९००-डी जहाज रहेका छन् ।

सन् १९९७ मा स्थापित बुध्द एयरले नेपाली उडान उद्योगमा ६१ प्रतिशत बजार हिस्सा ओगटेको छ । चालु आर्थिक वर्षको ८ महिनामा बुध्द एयरले ६ लाखभन्दा बढि स्वदेशी र विदेशी यात्रुहरुलाई सेवा दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?