Comments Add Comment

धनगढीमा २१ करोडको लगानीमा ‘होटल फ्लोरा’ खुल्दै


२४ फागुन, कैलाली । बढ्दो पर्यटकीय चापलाई ध्यानमा राख्दै सुदूरपश्चिमको हबको रुपमा विकसित हुँदै गैरहेको धनगढीमा २१ करोड रुपैयाँको लगानीमा होटल फ्लोरा सञ्चालनमा आउन लागेको छ ।

धनगढीमा आउने पर्यटक, व्यवसायी, लगायतलाई उचित वासस्थानको व्यवस्थापन गर्ने सोचका साथ होटल सञ्चालानमा ल्याउन लागिएको हो ।

१० कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा ३४ ओटा कोठाहरु रहेका छन् । जसमा ५ ओटा डिलक्स कोठाहरु वाथटप सहितका छन् भने अन्य २९ कोठाहरु एसी सुविधासहितका छन् ।

करिब ३ सय जना अट्ने क्षमता भएका ३ ओटा सुविधासम्पन्न सभाहलहरु पनि छन् । होटलमा विवाह, सेमिनार, गोष्ठि लगायतका गर्नका लागि पर्याप्त खुला स्थान पनि रहेको होटल संचालक पुष्पराज कुँवरले जानकारी दिए ।

पाँचतले लिफ्टसहितको होटलमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई रोजगार समेत दिइएको छ भने निकट भविष्यमै स्वीमिङपुल, चिल्ड्रेनपार्क, साउना बाथ, मल्टी जिम लगायत अन्य भौतिक पूर्वाधारहरु थप गर्दै लैजाने लक्ष्य लिएको सञ्चालक कुँवरले बताए ।

भविष्यमा सुदूरपश्चिमको पर्यटकिय स्थलहरु खप्तड, रामारोशन, अछामको साफेवगर लगायत सुदूरपश्चिमका अन्य पहाडी जिल्लाहरुमा समेत चैनको रुपमा होटल व्यवसाय स्थापना गर्ने लक्ष्य लिएको उनले बताए ।

कुँवरले मध्यपश्चिम र सुदूरपश्चिमका धेरेजसो समुदाय औषधी उपचार र भ्रमणका लागि भारतीय शहर लखउनसम्म जाने भएका कारण उनीहरुको उचित वासस्थानलाई ध्यानमा राख्दै लखनउ शहरमा समेत होटल व्यवसाय सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए ।

यहि फागुन २६ गतेबाट सञ्चालनमा आउन लागेको होटलको ब्रहृमनिष्ठ सन्त शिरोमणी स्वामी श्री लोकानन्द महाराजले समुदघाटन गर्ने कार्यक्रम रहेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment