Comments Add Comment

कुलेखानीमा अझै ३१ मिटर पानी बाँकी, गत वर्षभन्दा बढी जलसञ्चय


२५ फागुन, काठमाडौं । गत तिहारपछि नेपाल विद्युत प्राधिकरणले काठमाडौंबाट लोडसेडिङ हटाउने घोषणा गर्दा कुलमान घिसिङलाई हिउँद नलाग्दै कुलेखानी रित्याउन लागिएको आरोप लाग्यो । तर, प्राधिकरणले देशको एकमात्रै पावर ब्याक-अपका रुपमा रहेको कुलेखानीको पानीलाई गत वर्षहरुभन्दा यस वर्ष झनै जोहो गरेको पाइएको छ ।

अहिले कुलेखानीको इन्द्रसरोबर जलाशयमा पानीको सञ्चय गतवर्षको यस्तै समयको भन्दा बढी सञ्चय भएको छ । प्राधिकरणका अनुसारअहिले कुलेखानीमा पानीको सतह समुन्द्री सतहबाट १ हजार ५ सय १५ मिटरमा छ । गतवर्ष यो समयमा कुलेखनीको सतह योभन्दा पनि घटेको थियो ।

प्राधिकरणले अत्याधिक विजुली माग हुने पिक आवरमा र विभिन्न आयोजनाहरुमा समस्या आएको बेलामा मात्रै कुलेखनीलाई चलाउने गरेको छ ।

प्राधिकरणले कुलेखानीको आायेजनको सञ्चालन निकै सुझबुझपूर्ण रुपमा गरेकाले जलाशयमा सञ्चित पानीको परिमाण अझै पनि गत वर्षहरुभन्दा धेरै भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अनलाइनखबरलाई बताए ।

ढुक्क प्राधिकरण

‘हामीले कतै सिस्टममा समस्या आएर ब्ल्याक आउट हुँदा कुलेखानी चलाउँछौं । नत्र यसको महत्वअनुसार नै पानी प्रयोग गरिरहेका छौं’ अधिकारीले भने ।

प्राधिकरणका अधिकारीहरु अहिले कुलेखानीको पानीको सतह गतवर्षको यसै अवधिको भन्दा बढी भएकाले लोडसेडिङको ब्यवस्थापन गर्न ठूलो समस्या नपर्नेमा ढुक्क देखिएका छन् । प्रवक्ता अधिकारी कुलेखानीको पानीलाई प्राधिकरणले सही र योजनावद्ध रुपमा उपायेग गरिरहेको बताउँछन् ।

‘अब चैत १५ पछि हिमनदीहरुमा पानीको सतह बढ्छ । त्यसपछि हाम्रो उत्पादन पनि विस्तारै बढ्छ’ अधिकारीले भने,’कुलेखानीलाई हामीले ब्याक-अपकै रुपमा प्रयोग गर्ने हो । यसमा पानीको सतह सकेसम्म घट्न नदिने र बचत गरे अप्ठ्यारो अवस्थामा प्रयोग गर्नेमा हामी केेन्दि्रत छौं ।’

कुलेखानी जलाशयमा समुन्द्री सतहबाट १ हजार ५ सय ३० मिटरसम्म पानी सञ्चय गर्न सकिन्छ । कुनै वर्ष कुलेखानी भरिए बोरा राखे थप ४० सेन्टिमिटर पानी जम्मा गर्न सकिन्छ ।

कुलेखानी सबै वर्षका बषर्ाहरुमा भरिँदैन । राम्रो बषर्ा भएको वर्ष खोलाहरुमा पानी बढेर कुलेखानी भरिन्छ ।

३१ मिटर पानी बाँकी

७ किलोमिटर लम्बाइ र ३ सय मिटर चौडाइ रहेको जलाशयमा संकलन गरिएको ४६ मिटर पानी मात्र विद्युत् उत्पादनका लागि प्रयोग गर्न सकिन्छ । यो वर्ष अहिलेसम्म १५ मिटरमात्रै पानी प्रयोग भएको छ ।

कुलेखानीमा अझै ३१ मिटर पानी उपयोग गर्न सकिने अवस्थामा छ । प्राधिकरण्का अधिकारीकाहरुका अनुसार जलाशयको पानी १ हजार ४ सय ८४ मिटरसम्म मात्र प्रयोग गर्न सकिन्छ । कुलेखानी आयोजनाको पहिलोबाट ६० र दोस्रोबाट ३२ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ ।

अहिले प्राधिकरणलाई पिक आवरमा १२३६ मेगावाट बिजुलीको माग छ । प्राधिकरण्का आयोजनाबाट ३२९ मेगावाट उत्पादन भइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट १३५ मेगावाट बिजुली प्रशारणलाइनमा आइरहेको छ ।

भारतबाट ३६७ मेगावाट बिजुली किनिएको छ । अहिले मागअनुसार करिब ४ सय ५ मेगावाटको बिजुलीको अभाव छ । यसै कारण लोडसेडिङ अन्त्य गर्न प्राधिकरणलाई अप्ठेरोर अवस्था छ ।

तर, सिस्टममा समस्या आएका बेलामा यो वितरणको अवस्थामा हेरफेर नगर्न कुलेखानीको पानीबाट विजुली निकालिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment