Comments Add Comment

शुभेच्छालाई कारवाही आचारसंहिता अनुसार नै थियोः रामकेशर बोगटी


चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी अहिले संघको आफ्नै घर निर्माणका लागि जग्गा खोज्ने काममा सक्रिय छन् । निर्माता एवं कलाकार समेत रहेका बोगटी आफू अध्यक्ष भएपछि संघ सक्रिय भएको दाबी गर्छन् । उनै बोगटीलाइ अनलाइनखबरले लगाएको पाँच आरोपः

१. कलाकार संघ सुस्त भयो भन्छन् नि ?
यो केवल आरोपका लागि आरोप हो । हाम्रो टिम निकै सक्रिय छ । हामी आएपछि पहिलो पटक निकै सभ्य र भब्य रुपमा अवार्ड आयोजना गर्‍यौ । अन्य थुप्रै काम गरेका छौं । अहिले हामी भब्य साधारण सभाको तयारीमा छौं ।

२. अवार्ड त गर्नुभयो, निजी स्तरले गर्ने भन्दा फरक भएन ? विवादकै लागि किन अवार्ड गर्नु ?
संसारभरि अवार्ड पाउने र नपाउने पक्ष हुन्छन् । अवार्ड नपाउनेहरुले चित्त दुखाउँछन् । तर, त्यति धेरै गुनासो आयो जस्तो मलाई लाग्दैन । हामीले गरेको अवार्ड निजीस्तरको तुलनामा स्तरीय थियो ।

३. संघले बनाएको आचारसंहिता कार्यान्वयन भएन भन्छन् नि ?
कसैले बद्मासी गर्दा मात्रै आचारसंहिता अनुसार कारवाही हुने हो । हामीले आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गरेका छौं । नायिका शुभेच्छा थापालाई कारवाही र निलम्बन आचारसंहिता अनुरुपै गरेका हौं ।

४. चुनाव अघि त संघको लागि भवन बनाउने कुरा गर्नुभएको थियो, २० लाख हाल्छु पनि भन्नु भएको थियो । के त्यो चुनावी एजेन्डा मात्रै थियो ?
हो । अहिले पनि हामीले यो काम जारी राखेका छौं । जग्गा खोज्ने क्रम जारी छ । हामी जग्गा पाएपछि छिट्टै घोषणा गर्छौ ।

५. स्थापित कलाकार अझै संघका आकषिर्त भएनन्, तपाइको नेतृत्व दमदार भएन भन्ने आरोप छ नि ?
हाम्रो संघमा ९९ प्रतिशत कलाकार आबद्ध हुनुहुन्छ । एक/दुई जना होलान् तर, त्यो त्यति ठूलो कुरा होइन । अहिले पनि हाम्रो संघघमा सदस्य हुन आउने धेरै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment