Comments Add Comment

चैत ३ भित्र स्थानीय तहमा कर्मचारी खटाउन निर्वाचन आयोगको निर्देशन

२९ फागुन, काठमाडौं । निर्वाचन आयोगले ७४४ स्थानीय तहमा चैत ३ गतेभित्र पुग्ने गरी कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले आपसी समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन सामान्य प्रशासन र स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

यसरी कर्मचारी खटाउनुअघि तत्कालैबाट निर्वाचनसम्बन्धी कार्य गर्न प्रत्येक स्थानीय तहमा कायम मुकायम वा निमित्त मुकरर गर्न र आयोगलाई जानकारी दिन स्थानीय विकास मन्त्रालाई भनेको छ ।

स्थानीय तहमा स्वीकृत दरबन्दीबमोजिमको कर्मचारी खटाउँदा सम्भव भएसम्म सम्बन्धित सेवा/समूहका कर्मचारी खटाउने र नभएमा अन्य उपयुक्त सेवा/समूहबाट कर्मचारी व्यवस्थापन गर्न भनेको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अवधिभर निर्वाचन कार्यमा हुने कर्मचारी खटनपटनमा असर पर्ने गरी कुनै पनि तालिममा कर्मचारी नखटाउन पनि निर्देशन दिएको छ ।

आयोगको निर्णयमा भनिएको छ, ‘कुनै पनि मन्त्रालय/निकाय/विभागबाट गोष्ठी, तालिम, सेमिनार आदि सञ्चालन गर्ने तर एकै जिल्लाभित्रका कर्मचारीहरु सहभागी हुने अल्पकालीन अवधि वा यस्ता कार्यक्रम सञ्चालन गर्नु परेमा निर्वाचन कार्यक्रममा असर नपर्ने गरी सञ्चालन गर्न सकिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment