+
+
Shares

भूवनको हात समात्दै जीयाको होली

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २९ गते १७:५९


जतिसुकै लुकाउन खोजेपनि नायक भूवन केसी र नायिका जीया केसीको प्रेम लुक्न सकेको छैन । मिडियामा लामो समयदेखि यी दुइको प्रेमको खबर सार्वजनिक भैरहेको छ । भूवनसँग नायिका केसी लिभिङ टूगेदरमा रहेको चर्चा पनि मिडियामा लामो समयदेखि चलिरहेको छ ।

उनै, जीया चलचित्र क्षेत्रबाट टाढा भएपछि मिडियामा आएकी छैनन् । मिडियामा लुकेर हिड्ने जीया नायक भूवन केसीसँग लिभिङ टूगेदरमा रहेको पनि स्विकार गर्न तयार छैनन् ।

तर, फागू पूणिर्माले भने जीया र भूवनलाई एकसाथ ल्याएको छ । नायक भूवन केसी जीयालाई लिएर टीभी फिल्मले आयोजना गरेको होली मनाउन पुगेका थिए । जीया भूवनको हात नै समातेर होली मनाउन पुगेकी थिइन् । तर, मिडियाको क्यामेरा सोझिएपछि भने जीया र भूवन केहि टाढा बस्ने कोशिश गरिरहेका थिए । चलचित्रमै रहँदा केहि मोटएकी जीया अहिले निकै स्लिम बनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?