+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गृहराज्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३० गते १२:०१

३० फागुन, काठमाडौं । नेपाल सरकारको गृहराज्यमन्त्रीमा इन्द्र बानियाँले जिम्मेवारी पाएका छन् ।

कांग्रेस सांसद बानियाँ यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।

पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको हो ।

भारत भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीलाई भेट्न पुगेका गृहमन्त्री विमलेन्द्र निधीले सोमबार बिहान बानियाँलाई गृहराज्यमन्त्री बनाउने कांग्रेसको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।

गृहराज्यमन्त्री बानियाँ मकवानपुर क्षेत्र नं. १ का सांसद हुन् ।

यसैवीच गृहमन्त्रीको तीन दिने भारत भ्रमणका क्रममा बानियाँले कार्यवाहक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?