१५ मार्च, पर्थ । पर्थमा सञ्चालित पर्थ नेपाल क्रिकेट कपको उपाधि आयोजक पर्थ नेपाल क्रिकेट क्लवले जितेको छ ।
१२ मार्चमा आयोजित फाइनल खेलमा आयोजक पर्थ नेपाल क्रिकेट क्लव र रोयल नेपाल क्रिकेट क्लववीच खेल भएको थियो । पहिले ब्याटिङमा उत्रिएको रोयल नेपालले १९.३ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर ७३ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको पर्थ नेपाल क्रिकेट क्वलले जम्मा तीन विकेटको क्षतिमा ७३ रन जोड्दै उपाधि हात पारेको हो ।
खेलमा प्रविन श्रेष्ठले म्यान अफ दि म्याचको उपाधि पाए भने बेष्ट बलर अफ दि टुर्नामेन्टको उपाधि विक्रम श्रेष्ठले पाए । उनले सम्पूर्ण टुर्नामेन्टमा १५ विकेट लिएका थिए । यस्तै बेष्ट ब्याट्सम्यान अफ दि टुर्नामेन्टको उपाधि दीपेश बानियाँले प्राप्त गरे । उनले ११० रन जोडेका थिए ।
म्यान अफ दि सेरिजको उपाधि उज्जवल तिमल्सिनाले पाए । उनले ८४ रन जोडेका थिए भने १० विकेट लिएका थिए । टुर्नामेन्टमा कुल ५ वटा टीम सहभागी भएका थिए ।
एनआरएन पश्चिम अष्ट्रेलियाका संयोजक राज थपलियाले क्रिकेट सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने प्रायोजक तथा सवै सहयोगीलाई हार्दिक धन्यबाद दिए । उनले आगामी दिनमा अझै ठूलो स्केलको गेम आयोजना गर्ने पनि बताए ।
प्रतिक्रिया 4