Comments Add Comment

निर्वाचन आचारसंहिता अनुकूलको आचरण देखाउन आयोगको चेतावनी

३ चैत, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता अनुकूलको आचरण देखाउन सबै दल, संघ संस्था र सरकारलाई सचेत गराएको छ ।

आयोगले बिहीबार विज्ञप्ती निकालेर सबैलाई निर्वाचन आचार संहिता भित्र रहेर काम गर्न आग्रह गरेको हो । आयोगले स्थानीय तह निर्वाचनका लागि जारी निर्वाचन आचार संहिता, आयोगले जारी गरेको १९ बुँदे निर्देशन र सुरक्षासम्बन्धी चारबुँदे निर्देशनलाई कडाइका साथ पालना गर्न भनेको छ ।

आयोगले आचार संहिता कार्यान्वयन गरेर निर्वाचनको वातावरण बनाउने काममा सरकार, राजनीतिक दल एवं संघ संस्थाहरुबाट सहयोग पाउने विस्वास समेत व्यक्त गरेको छ ।

अझैपनि निर्वाचन आचार संहिता उल्लंघन भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने स्मरण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment