Comments Add Comment

दोलखामा पुननिर्माणका लागि तेस्रो किस्ताको अनुदान वितरण


३ चैत, काठमाडौं । भूकम्पबाट अति प्रभावित मध्येको दोलखा जिल्लामा घर पुनर्निर्माण गरिरहेका ६७ घरधुरीले तेस्रो किस्ताको अनुदान रकम पाएका छन् । भूकम्प अति प्रभावित १४ जिल्लामा कतिपय घरधुरीले पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घरको पुनर्निर्माण सुरु नगरेको गुनासो आइरहेका बेला दोखलामा भने पुनर्निर्माण प्रक्रियाले तिव्रता पाएको हो ।

जिल्लामा दोस्रो किस्ता लिएका २ सय ५८ घरधुरी मध्ये सरकारी मापदण्ड र प्रक्रिया पुरा गरेर घर बनाइरहेका ६७ घरधुरीलाई तेस्रो किस्ता वापतको एक लाख रुपैयाँ समेत बितरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

तेस्रो किस्ता लिएर घर बनाउनेहरुमा जिल्लाका क्षेत्रपा, जुनगु, काभ्रे र नाम्दु गाविसका बासिन्दा छन् । तेस्रो किस्ताको थप एक लाख रुपैयाँ लिएका उनीहरुले घरको पुनर्निर्माणको प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएका छन् ।

सरकारले भूकम्प प्रभावित जिल्लामा पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर घरको जग हाल्नेलाई दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता वापत एक लाख रुपैया आवास निर्माणका लागी अनुदान दिइरहेको छ । प्राधिकरणले पहिलो किस्ता लिएर घरको जग हालिसकेका परिवारलाई प्राविधिक निरीक्षण गराई दोस्रो किस्ताको अनुदान लिन आहृवान गरिसकेको छ ।

प्राधिकरणले दोस्रो किस्ता वापतको रकम जिल्ला पठाइसकेपनि लाभग्राहीहरुले रकम लिन आवश्यक प्रक्रिया पुरा गरेका नगरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment